काठमाडौं, ३१ चैत । नेकपा एमाले सिराहाको ११ औँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट अध्यक्षमा अशोक यादव सर्वसम्मत निर्वाचित हुनुभएको छ । अधिवेशनबाट सर्वसम्मत रूपमा १ सय ३५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ ।
जसको उपाध्यक्षमा डा. नवीन यादव, सचिवमा प्रदीप महासेठ, सहसचिवमा शिवशङ्कर महतो र खेमलक्ष्मी श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा सर्वसम्मत निर्वाचित यादव मधेस प्रदेश सभाका पूर्वसस्य समेत हुनुहुन्छ । उपाध्यक्ष डा. नवीन सिराहा नगरपालिकाका मेयर हुनुहुन्छ । सह-सचिव महतो धनगढीमाई नगरपालिकाका मेयर हुनुहुन्छ ।
प्रतिक्रिया