मधेसमा तेस्रो सर्प महोत्सव हुँदै

जनकपुरधाम । मिथिला क्षेत्रको जैविक विविधता र सांस्कृतिक चेतनासँग जोडिएको नेपाल सर्प महोत्सव यो वर्ष पनि जनकपुरधाममा भव्य रूपमा आयोजना हुने भएको छ । देशको बदलिँदो राजनीतिक परिस्थितिका कारण सारिएको तेस्रो संस्करणको महोत्सव अब कार्तिक ३० र मङ्सिर १ गते धनुषाको मिथिला विहारी नगरपालिका–२ र ३ स्थित जनमुक्ति चोक नजिकै हुने आयोजकहरूले जनाएका छन् ।…