काठमाडौं, १ बैशाख । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय र मानवअधिकारको प्रत्याभूत नभए लोकतन्त्र सबल हुन सक्दैन । सबल लोकतन्त्रको अभावमा जनउत्तरदायी शासन तथा सुशासनको परिकल्पना गर्न सकिदैन ।
यीनै कुरालाई मनन गर्दै लोकतन्त्रको संवर्द्धन गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय र मानवअधिकारप्रति सबै पक्षलाई जागरुक बनाउँदै खबरदारी गर्न हामीले वाई. के. एम. मिडिया प्रा.लि.को व्यवस्थापनमा नेपाल पब्लिक प्रेस डट कम (https://www.nepalpublicpress.com/) नामक अनलाईन पत्रिका सञ्चालनमा ल्याएका हौं ।
विज्ञान र प्रविधिको विकासले समाजका सबै क्षेत्रलाई प्रभावित पारेको छ । सूचना र सञ्चारको क्षेत्रमा त यसले ठूलो कायापलट नै गरेको छ । सञ्चारका अन्य माध्यमभन्दा विद्युतीय माध्यम प्रभावकारी हुँदै गएको छ । यसकै कारण हिजोआज अनलाईन पत्रकारिताको ओइरो नै लागेको छ । यही भीडमा हामी पनि मिसिएका छौं, तर अलग पहिचान र सक्रियताका साथ ।
हाम्रो उद्देश्य भनेको ‘समुन्नत समाजको निर्माण’ हो । यसका लागि सुशासन र विकास प्रमुख शर्त हो, सुशासन र विकासका लागि सामाजिक न्याय र मानवअधिकारको अपरिहार्यता छ भन्ने हाम्रो ठम्याई छ । यही उद्देश्य परिपुर्तिका लागि हामी अविचलित अघि बढ्ने अठोट गरेका छौं । यही उदेश्य परिपुर्तिका लागि हामीले यहाँहरूको आ–आफ्नो ठाउँबाट साथ, सहयोग, शुभेच्छाको अपेक्षा गरेका छौं ।
अन्त्यमा नयाँ वर्ष २०८२ को सुखद् अवसरमा सम्पूर्ण नेपालीहरूमा सु–स्वास्थ्य, सुख, शान्ति र समृद्धिका साथै उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय कामना गर्दछौं ।
यसिमा महत
प्रतिक्रिया