काठमाडौं, ६ वैशाख । नेपालको पर्यटन विकास र प्रवद्र्धनका लागि नीतिगत र संरचनागत सुधार जरुरी रहेको विज्ञ एवं सरोकारवालाहरुले औंल्याएका छन् । विदेशी पर्यटकको संख्या बढाउन र उनीहरुको नेपाल बसाई लम्ब्याउन नवीन गन्तव्यको प्रवद्र्धन गरी आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्ने उनीहरुको सुझाव छ । आइएचएम कलेजको आठौँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘पोलिसी कन्क्लेभ’ को प्यानल छलफलमा सहभागी…